२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलालाई उद्यम मार्फत आत्मनिर्भर बनाउँदै तीनपाटन गाउँपालिका



सिन्धुलीको तीनपाटन गाउँपालिकाले महिलालाई उद्यम मार्फत आत्मनिर्भर बनाइरहेको छ । पालिका भित्रका बेरोजगार महिलालाई सीपमुलक तालिम दिएर दक्ष बनाई उद्यमशिलताका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्दै तीनपाटनले महिलालाई उद्यम मार्फत आत्मनिर्भर बनाएको हो ।

वर्षेनी तीनपाटनमा महिला लक्षित कार्यक्रमहरु सञ्चालनमा भईरहेको र त्यस्ता कार्यक्रमलाई उद्यमशिलता मार्फत आयस्रोत वृद्धिमा केन्द्रित गरेर स्थानीय स्तरमै महिलालाई आत्मनिर्भर बनाइरहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । ‘पुरुषसँग भएको १ सय रुपैंया भन्दा महिलासँग भएको सय रुपैंयाले धेरै काम गर्छ । महिला आत्मनिर्भर भए परिवार सुखि र पालिका समृद्ध बन्नेछ ।’ अध्यक्ष मगरले अनलाइन सरोकारसँग भने, ‘महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिमहरु वर्षेनी आयोजना गरेका छौं । व्यवसाय गर्नेलाई पालिकाले थप आर्थिक तथा प्राविधिक सहयोग र आवश्यक उपकरण समेत सहयोग गर्दछ ।’ विगतमा घरभित्रै सिमित हुने महिलाहरु स्थानीय तह गठनभएपछि   समक्ष, सवल र उद्यमी बन्न थालेको अध्यक्ष मगरको भनाई छ ।

गाउँपालिकाले दिएको सीपको सदुपयोग गर्दै तीनपाटनका महिलाहरुले व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

संघियता कार्यान्वयनसँगै २०७४ साल देखि पालिका अध्यक्षको जिम्मेवारीमा रहेका अध्यक्ष मगरले आफ्नो यो कार्यकाल सम्पन्न हुँदा बेरोजगारी समस्या समाधान गर्दै स्थानीय स्तरमै पेशा, व्यवसाय र कृषि तथा पशुपालनबाट नागरिकहरुलाई आत्मनिर्भर बनाई गरिबी न्यूनिकरण गर्ने लक्ष्य अनुसार काम गरिरहेका छन् ।

स्थानीय सरकारको दर्विलो साथ पाएपछि उत्साहित तीनपाटनका महिलाहरु सीप सिक्न र व्यवसाय सञ्चालन गर्न लागेका छन् ।

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार ००:००  १२ : २१ बजे