२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो, ४० यात्रु सवार रहेको अनुमान



भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खसेकाे छ । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको हाे ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।

उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : २०८१, ७ भदौ शुक्रबार ००:००  १२ : ३१ बजे