२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संस्थागत क्षमता स्वमूल्यांकनमा धनुषाको औरही गाउँपालिका मधेशमै उत्कृष्ट



धनुषाको औरही गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेश प्रदेशमै प्रथम भएको छ ।

संस्थागत क्षमता स्वमूल्यांकनमा मधेश प्रदेशको १३६ पालिकामध्ये धनुषाको औरही गाउँपालिका कार्यालय ८३.७५ अंक ल्याएर प्रथम भएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ६ भदौमा आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक गरेको हो । जसमा मधेश प्रदेश अन्तर्गत धनुषाको औरही प्रथम भएको छ । जनप्रतिनिधिकाे नेतृत्व र सबै कमर्चारी तथा सराेकारवालाकाे भूमिकाले धनुषाको औरही गाउँपालिका मधेशमै उत्कृष्ट बनेकाे पालिका अध्यक्ष उमा शंकर प्रसाद साहले बताए ।

भने बाराको कलैया उपमहानगरपालिका ८१.२ अंकिहपत दोस्रो भएको छ । यसैगरी रौतहटको गौर नगरपालिका ८० अंकसहित तेस्रो भएको छ ।

यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका ७९.२५ अंक पाएर चौथाे स्थान हासिल गरेको छ । यस्तै बाराको परवानीपुर गाउँपालिका ७८.२५ पाएर पाँचौं भएको छ भने सिरहाको सिरहा नगरपालिका ७७.७५ अंक पाएर छैठौं स्थानमा रहेको छ ।

यी बाहेक मधेश प्रदेशका अन्य १३१ वटै पालिकाहरु कम अंक प्राप्त गरेको नतिजामा उल्लेख छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयगत क्षेत्रहरु छन् । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय ।

विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । अंक प्राप्त गर्न स्थानीय तहले आवश्यक सबै कागज/प्रमाण राखेर निरन्तर सूचक भरिराख्नु पर्ने हुन्छ ।

समान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रकृया तथा उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान, आवधिक समीक्षाको आधार प्राप्त र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण गरी अन्तिम नतिजा प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार ००:००  ११ : ४७ बजे