२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ दलप्रति रामहरिको कटाक्ष: भ्यागुताको धार्नी पुग्दैन !



कांग्रेस नेता रामहरि खतिवडाले नेपालमा नयाँ दलहरुको भविष्य नभएको बताएका छन् । नेपाल प्रेस सोसाइटी भक्तपुरद्वरा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका    खतिवडाले नयाँ दलहरुप्रति कटाक्ष गर्दै भ्यागुताको धार्नी नपुग्ने टिप्पणी गरेका हुन् ।

देशका २ ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले नै जनताको भरोषा जितेका पार्टी भएकाले अहिलेको सरकार जनअपेक्षा अनुसार नै गठन भएकाले मुलुकमा स्थितरता कायम हुने नेता खतिवडाको भनाई छ । साना दलहरु मिलाएर सरकार बनाउँदा मुलुक अस्थिरताको बाटोमा पुगेकाले दुई ठुला दल मिलेर सरकार बनाएको उनको भनाई छ ।

 स्थानीय सरकार निर्माण गर्न संविधान संसोधन गरेर संघीय संसद निर्वचित, राष्ट्रिय सभा समानुपातिक बनाएर दलित, जनजाती र महिलाको अधिकारलाई शसक्त बनाएर लानुपर्ने बताए ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार ००:००  १ : २७ बजे