२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अजयमेरुको ९५ प्रतिशत बस्तिमा सडक र खानेपानी पुग्यो



डडेलधुराको अजयमेरु गाउँपालिकाको ९५ प्रतिशत मानव बस्तिमा स्वच्छ खानेपानी र सडकको पहुँच पुगेको छ । डडेल्धुराको उत्तर पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिकाका समैजी, अजयमेरु, भद्रपुर्, चिपुर र देवल दिव्यपुर क्षेत्रका केही बाहेक सबै गाउँबस्तिमा खानेपानी र सडकसहितको आधारभूत सुविधा पु¥याईएको हो ।

परापुर्व कालमा राजा नागी मल्लले राज्य गरेको इतिहाँस बोको अजयमेरु विगत केही वर्ष  अघि सम्म विकट थियो । अजयमेरुमा पर्ने विगतका दुर्गम गाउँबस्ति संघियतापछि जनप्रतिनिधिको नेतृत्वमा भएको विकासले अहिले सुगम बनेका छन् ।

स्थानीय सरकारकाले माग र आवश्यकताका आधारमा दिगो विकासको लक्ष्य अनुरुप काम गरिरहेको र हालसम्म ९५ प्रतिशत मानव बस्तिमा स्वच्छ खानेपानी र सडकको पहुँच पुगेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले अनलाइन सरोकारसँग बताए । नागरिकका आधारभुत आवश्यकता पुरा गर्दै पालिकालाई समृद्ध बनाउन सबै क्षेत्र र वर्गलाई समेटेर काम गर्दै आएको अध्यक्ष भट्टको भनाई छ ।

अजयमेरु गाउँपालिकाका सबै वडा जोड्ने उग्रतारा–मेलौली सडक कालोपत्रेको काम थालिएसँगै स्थानीयलाई आवतजावत र स्थानीय उत्पादनको बजारीकरणका लागि सहज भएको छ । अन्य पालिका र सदरमुकामबाट पालिकाको केन्द्र जोड्ने सडकलाई व्यवस्थित बनाउने र पालिकाको केन्द्रलाई गाउँ गाउँमा जोड्ने सडक सञ्जाल विस्तार र स्तरोन्नतीको काम भईरहेको छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार ००:००  ११ : ५८ बजे