२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मी २ को समृद्धिको आधार : कृषि, पर्यटन र पूर्वाधार



धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ मा कृषि, पर्यटन र पूर्वाधार विकासलाई समृद्धिको आधार बनाईएको छ । नगरप्रमुख ध्रुवराज राया निवर्तमान वडाअध्यक्ष रहेको वडा नम्बर २ लाई विगतमा सुरु गरिएका कामलाई संस्थागत गर्दै वर्तमान जनप्रतिनिधिले कृषि, पर्यटन र पूर्वाधार विकासलाई जोड दिएका हुन् ।

कृषि आधुनिकीकरण गरेर व्यवसायिक कृषि र उन्नतजातका पशुपालनबाट किसानको आयस्रोत बढाउने र अलैची खेतीलाई प्रवद्र्धन गर्ने वडाले बजेट कार्यक्रम ल्याएको छ । कृषि मार्फत किसानको उन्नति र वडाको समृद्धिको लक्ष्य लिइएको वडा अध्यक्ष पदम राज रखालले बताए ।

पर्यटकीय नगरी महालक्ष्मीको वडा नम्बर २ धार्मीक एवं प्राकृतिक पर्यटनको प्रचुर सम्भावना भएको वडा हो । पुरानो किंवदन्ती बोकेको धर्मादेवी मन्दिर र लेगुवा झरनासहितका दर्जनौं सुन्दर पर्यटकीय गन्तव्य भएको महालक्ष्मी २ लाई धार्मीक पर्यटकीय वडाका रुपमा विकास गरिँदैछ ।

पूर्वाधार विकास र आधारभूत सेवा सुविधाको पहुँच बढाइएको छ ।

संघियतापछि भएको विकासले मारेकटहरे गाउँका दुर्गम टोलबस्तिमा समेत विकास पुगेको छ । 

प्रकाशित मिति : २०८१, १३ भाद्र बिहीबार ००:००  १२ : ५८ बजे