२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : नेता राई



स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको ‘मिसन ८४’ एकल बहुमत ल्याउने अभियान रहेको बताएका छन् । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा पार्टीका कोशी प्रदेश इन्चार्ज राईले कुनै एक दलको बहुमत नहुँदा गठबन्धन गरेर बनाईएको अस्थिर सरकारले देशको विकास गर्न नसक्ने भएकाले एमालेले ‘मिसन ८४’ अभियान चलाएर एकल बहुमत ल्याउने लक्ष्य राखेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल ओखलढुंगाले बिहीबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले २०७९ को निर्वाचनमा सबै दल मिलेर एमाले विरुद्ध चुनाव लड्दा पनि पार्टीले समानुपातिकमा पहिलो र प्रत्यक्षमा समेत पहिलो दलकै हाराहारीमा चुनाव जितेको बताउँदै आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी पार्टीले योजनावद्ध काम गरिहेको बताए । आर्थिक मन्दि र राजनीतिक अस्थिरतामा फसेको मुलुकलाई पछिल्लो समय एमाले नेतृत्वमा बनेको सरकारले सहजतामा फर्काएको उनको भनाई थियो । ‘यसअघिको निर्वाचनमा भएभरका सबैदल एकातिर उभिएर एमाले विरुद्ध गठबन्धन गर्दा पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो मत दिए । कोशी प्रदेशमा एक्लै सत्ता चलाउन जम्मा १ मत पुगेन, प्रत्यक्षमा संघमा कांग्रेसभन्दा केही मात्रै कम सिट आयो । एमाले जनताको पार्टी हो सबैदल मिल्दा पनि हराउन सक्दैनन् भन्नु पुष्टि भईसकेको छ ।’ उनले भने, ‘केही समय एमाले प्रतिपक्षमा बस्दा देशमा अनेकन संकट आइप¥यो । आर्थिक मन्दि सँगै राजनीतिक अस्थिरता र अराजकता बढ्यो । अहिले एमालेले सरकारको नेतृत्व गरेको केही समयमै थुप्रै सुधारका संकेतहरु देखिएका छन् । यसले देश बनाउने पार्टी एमाले हो भन्ने पुनःपुष्टि गर्दछ ।’ एमालेले बहुमत ल्याए मात्र देशमा राजनीतिक स्थायित्व र आर्थिक विकास हुन्छ भन्ने जनतामा भरोसा रहेकोले देश र जनतालाई निकास दिन आगामी निर्वाचनमा बहुमत ल्याउने गरि पार्टीले काम गर्ने उनको भनाई छ ।

पार्टीलाई मजुबुत र एकजुट बनाउन सबै तहका नेता कार्यकर्ताको भूमिका महत्वपपूर्ण हुने भएकाले जिम्मेवारी अनुसार पार्टीकाम गर्न नेता राईले निर्देशन दिएका छन् ।

एमाले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेपछि राईले प्रदेशका जिल्ला–पुगेर पार्टी सुदृढीकरणको औपचारिक थालनी गरेका छन् । भोजपुर, खोटाङलगायतका जिल्लामा जिल्ला कमिटी बैठक र प्रशिक्षण कार्यक्रम सकेर ओखलढुंगा आइपुग्नुभएका नेता राईले विहिबार ओखलढुंगा जिल्ला कमिटिको बैठकलाई सम्बोधन र प्रशिक्षण दिएका छन् । शुक्रबार सोलुखुम्बुमा पार्टी प्रशिक्षण र जिल्ला कमिटि बैठकलाई सम्बोधन गर्ने र कार्यकर्तासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

ईन्चार्ज राईसहित कोशी प्रदेशका पदाधिकारीहरु पनि जिल्ला दौडाहमा छन् ।

प्रकाशित मिति : २०८१, १३ भाद्र बिहीबार ००:००  ९ : ५४ बजे