२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीका विद्यालयमा मोवाईल निषेध, ई–हाजिरी प्रभावकारी



सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा मोवाईल निषेध गरेको छ । मोवाईलको प्रयोगले पठनपाठन प्रभावित हुने भन्दै नगरपालिकाले विद्यालय समयमा शिक्षक र विद्यार्थी दुवैले मोवाईल चलाउन नपाउने नीति ल्याएको हो ।

कक्षा कोठामा मोवाईल बोकेर जाँदा फोन, म्यासेन आउने, घण्टि बज्ने र सामाजिक सञ्जालको प्रयोगसमेत हुँदा पठनपाठन नराम्ररी बिग्रिने अवस्था आउने खतरा देखेर विद्यालयमा मोवाईल निषेध गरेको नगरप्रमुख आईतमान तामाङले अनलाइन सरोकारसँग बताए । नगरभित्रका सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेपछि शिक्षकहरुको नियमितता बढेको छ । ई हाजिरी प्रभावकारी भएपछि नगरपालिकाले नीति नै बनाएर मोवाईल फोनको प्रयोगलाई विद्यालयसमयमा पूर्ण प्रतिबन्ध लगाएको नगरप्रमुख तामाङको भनाई छ ।

मेलम्ची नगरपालिका भित्र २१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयलाई प्रविधिमैत्री बनाउने तर प्रविधिकै कारण पठनपाठन प्रभावित बन्न नदिने नगरपालिकाको नीति छ ।

विद्यालयमा शिक्षकको अनियमित रूपमा हुने उपस्थिति कम गरी गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न ई हाजिरी प्रणाली सुरुवात गरिएको थियो ।

जिल्लाका १२ स्थानीय तहमध्ये मेलम्ची नगरपालिकाले विद्यालयमा ई हाजिरी प्रणाली सुरु गर्ने पहिलो स्थानीय तह बनेको थियो । विद्यालयमा मोवाईल निषेध गर्ने पनि पहिलो स्थानीय तह बनेको छ ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार ००:००  ११ : ५९ बजे