२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुले बगाएका रोहितको कुशको शव बनाएर दाहसंस्कार



ओखलढुङ्गा । लिखु नदिले बगाएर बेपत्ता बनेका ओखलढुङ्गाका एक युवा फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका १० रानीवन निगालेका ३६ वर्षीय रोहित कुमार ढुङ्गेल लाई गत बुधबार लिखु नदिले बगाएको थियो । नदिले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शव समेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको हो ।

प्रहरी र स्थानीय निरन्तर खोजी गर्दा पनि फेला पार्न नसके पछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी १० का वडाअध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए । उनको आत्माको शान्तिको लागि परिवारले आफ्नो संस्कार अनुसार काजकिरियाको काम थालेको बुढाथोकीले बताए । 

ढुङ्गेलको खोजी कार्य भने जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले बताए । जिल्ला भित्रका लिखु नदि किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाई बाख्रा खोला तार्ने क्रममा ससुरालाई नदिले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदिले बगाएको थियो ।नदिले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र २ सन्तान छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ९ : ४९ बजे