२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानको उन्नति र पालिकाको समृद्धिका लागि कृषि यान्त्रिकरण गर्दै रुरु क्षेत्र गाउँपालिका



गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले कृषि यान्त्रिकरणमा अनुदान दिन थालेको छ । कृषि मार्फत किसानको उन्नति र पालिकाको समृद्धि खोज्दै गरेको रुरु क्षेत्र गाउँपालिकाले परम्परागत निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै किसानलाई व्यवसायिक, प्रविधिमैत्री बनाउन कृषिको यान्त्रिकरणमा अनुदान दिने नीति ल्याएको हो ।

कृषिको यान्त्रिकरणका लागि प्रविधि हस्तान्तरण, व्यावसायिक कृषि गर्नेहरूका लागि कृषि कर्जामा अनुदान दिने, जग्गा भाडामा लिएर व्यावसायिक कृषि कर्म गर्नेहरूका लागि जग्गा भाडामा अनुदानलगायत, दूधमा उत्पादनमा आधारित अनुदान र वर्षेनी किसान प्रोत्साहनका लागि तालिम, सम्मान तथा पुरस्कारजस्ता कार्यक्रम गर्दै आएको रुरु क्षेत्र गाउँपालिकाले कृषि पेशाबाटै किसानको आयस्रोत बनाढन कृषि विकासका विविध कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । कृषि र पशुपालनका योजनाहरू नीति तथा कार्यक्रममा समेटेर किसानलाई गाउँमै आत्मनिर्भर बनाउन पालिकाले प्रयत्न गरेको अध्यक्ष ज्ञवालीको भनाई छ ।

कृषिका लागि सबैजसो खेती योग्य जमिनमा पालिकाले सिंचाई आयोजना सञ्चालन गरेर पानीको पर्याप्त सुविधा दिएको छ । सिंचाईका समस्या समाधान गर्दै खानेपानी अभाव भएका गाउँहरुमा समेत लिफ्ट मार्फत पानीको व्यवस्था गरेर किसानलाई सहज बनाइएको अध्यक्ष ज्ञवालीको भनाई छ ।

रैथानेबालीको संरक्षण, उत्पादन र प्रवद्र्धनमा रुरु क्षेत्रले विशेष नीति ल्याएको छ ।

पालिकाको दर्विलो साथ पाएपछि रुरु क्षेत्रका किसान व्यवसायिक रुपमै कृषि र पशुपालनमा लागेका छन् ।

चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा पनि किसान लक्षित कार्यक्रमलाई नै प्राथमिकता दिईएको छ ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार ००:००  २ : ३३ बजे