२०८१, ३१ भाद्र सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिभावक विहिन बालबालिकाको सहारा बन्दै मन्थली नगरपालिका

बालमैत्री नगर घोषणाको तयारी



रामेछापको मन्थली नगरपालिका अभिभावक विहिन बालबालिकाको सहारा बनेको छ । बुबा–आमा दुवैको मृत्युभएको, बुबाको मृत्यु भएको र आमाले अर्को विवाह गरेको वा बुबा आमा दुवै बेपत्ता भएर  संरक्षण र रेखदेखबाट बञ्चित भएका बालबालिकालाई मन्थली नगरपालिकाले संरक्षण, लालनपालन र शिक्षादिक्षाको सुनिश्चितता गराउन थालेको हो ।

मन्थली नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर अभिभावक (बुबाआमा) विहिन बालबालिकाको संरक्षणका लागि आवेदन आवहन गरेको छ ।

प्रदेश सरकारसँगको समन्वयमा मन्थली नगरपालिकाले अभिभावक विहिन बालबालिकालाई मासिक २ हजार भत्ता दिंदै आएको छ ।

नगरपालिकाका १४ वटै वडामा रहेका बाबुआमाको हेरचाह नपाएका र आफन्तको संरक्षणमा रहेका  त्यस्ता बालबालिकाको तथ्याङ्क संकलन गरेर प्रदेश सरकार र सहयोगी संघसंस्थाको पहलमा अभिभावक विहिनलाई सहारा दिने र बेसहारा बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएर उज्ववल भविष्य निर्माणमा योगदान गर्नेगरी पहल गरिएको नगरप्रमुख लब श्रेष्ठको भनाई छ । यहि वर्षभित्र मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको लक्ष्य अनुसार सबै सर्त पुरागर्नेगरी काम भईरहेको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

२०८१ चैत्र मसान्तसम्म बालमैत्री स्थानीय तह घोषणाको लक्ष्य अनुसार मन्थलीका सबै १४ वटै वडामा बालमैत्री शासन कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।

सामाजिक समावेशीकरण र बालमैत्री कार्यक्रम सञ्चालनका लागि मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०८१, १९ भाद्र बुधबार ००:००  १० : ०६ बजे