२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेपाङको चाड न्वागी मनाउन राक्सिराङमा दुई दिन बिदा



मकवानपुरको राक्सिराङ गाउँपालिकाले छोनामा अर्थात न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको रक्सिराङमा उनीहरुको मुख्य पर्व न्वागीको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

पालिकाले न्वागीको अवसरमा भदौ २१ शुक्रबार र २२ शनिबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सर्वाजनिक बिदाको बारेमा जानकारी गराइएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरुमा बन्द हुने जानकारी दिए। सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अंगको रुपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ जातिको महत्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यहि मिति २०८१ भ्दौ २१ गते र २२ गते २ (दुई) दिन राक्सिराङ गाउँपालिका भरी स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ।

गाउँपालिका अध्यक्ष मल्लले सूचनामार्फत चेपाङ समुदायको महत्वपूर्ण पर्वको अवसरमा सम्पूर्ण राक्सिराङवासी तथा देश विदेशमा रहेका चेपाङ सामुदायमा सुख, शान्ति, समृद्धिको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : २०८१, १९ भाद्र बुधबार ००:००  १० : ३० बजे