२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना पुष्टि




काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोनासंक्रमण पुष्टि भएको छ । शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले जानकारी दिए ।

चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन् । एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन् । संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया खाजा खुवाउने काम गर्दै आएका थिए ।

संक्रमण देखिएपछि अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ९ : ५६ बजे