२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि र पर्यटनको गुरुयोजना बनाउँदै लिखुपिके गाउँपालिका, २० लाख बजेट विनियाेजन



सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले कृषि र पर्यटनको गुरु योजना बनाउने भएको छ । कृषि र पर्यटन मार्फत नै पालिकाको समृद्धि पहिल्याउँदै गरेको लिखुपिकेले यसवर्ष पिकेडाँडासहितका पालिका भित्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन गुरु योजना र रैथानेबालीको संरक्षण गर्दै कृषिको आधुनिकिरणका गरी कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यले कृषि गुरु योजना बनाउने भएको हो ।

दिगो विकासको लक्ष्य पछ्याउँदै दिर्घकालिन महत्व राख्नेगरी काम गर्न विज्ञबाटै सम्भाव्यता अध्ययन गरेर गुरु योजना बनाउने नीति लिइएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताइन् । गुरु योजनाको मार्गनिर्देश अनुसार पर्यटन र कृषिको विकासमा पहल गरिने उनको भनाई छ ।

लिखुपिकेले पर्यटनको गुरु योजना बनाउन १० लाख र कृषिको गुरुयोजना बनाउन १० लाख बजेट विनियोजन गरेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका पर्यटन र कृषि उत्पादनको हिसाबले प्रचुर सम्भावना भएको पालिका हो । यहाका अधिकांश नागरिक कृषि र पशुपालनमा आवद्ध छन् ।

यद्यपि सरकारको दर्विलो साथ नपाउँदा निर्वाहमुखी खेतीमै सिमित छन् । यसक्षेत्रका पर्यटकीय गन्तव्यहरु पनि पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा ओझेलमा छन् ।

प्रकाशित मिति : २०८१, १९ भाद्र बुधबार ००:००  ११ : १३ बजे