२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानको ओत्सुकी र नेपालको कागेश्वरी मनोहरा बीच भगिनी सम्बन्ध कायम, के भयाे समझदारी ?

दोहोरो समझदारी पत्रमा हस्ताक्षर



जापानको जापानको ओत्सुकी सहर र नेपालको काठमाडौं स्थित कागेश्वरी मनोहरा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । आपसी सहयोग आदानप्रदान र  प्रवद्र्धनका लागि फ्रेन्डसिप सिटी एक्सचेन्जसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर दुई देशका दुई सहर बीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी पत्रमा कागेश्वरीका मेयर उपेन्द्र कार्की र जापानको ओत्सुकी सहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बुधबार गोकर्ण फरेस्ट रिसोर्टमा भएको दोहोरो सम्झौतामा जापानका तर्फबाट ओत्सुकी सिटीका मेयर कोबायासी नोबुयासु अनलाइनमार्फत जोडिएका थिए ।

दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ । त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने उल्लेख छ ।

स्पीकर प्रान्तीय सभाका सभापति उजुकी मासाइतो, आकाफुजी दाइका अध्यक्ष हिरोभी इसीओका, नेपाल जापान फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे र कूटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कागेश्वरी मनोहराका तर्फबाट मेयर कार्कीसहित उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर १ का अध्यक्ष मकुन्द गजुरेल, ४ का अध्यक्ष बिजय श्रेष्ठ, ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल र ८ का अध्यक्ष हरिभक्त पुडासैनीलगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जापानको ओत्सुकी सहरसँग भगिनीसम्बन्ध कायम गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले यो सम्बन्ध नेपालको समृद्धिसँग जोडिने बताएका छन् । नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरु अनुसरण गरेर नेपालको विकास गर्न सकिने बताएका हुन् । दुई सहर बीचको भगिनी सम्बन्ध प्रगाढ र फलदायी बनाउने कागेश्वरी मनोहराले सर्तहरु पालना गर्दै ओत्सुकी सहरबाट बढीभन्दा बढी लाभ लिनेगर काम गर्ने मेयर कार्कीको भनाई छ ।

जापानका उच्च अधिकारीहरुले पनि नेपालको सहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पाएको खुसी व्यक्त गरेका छन् ।

कागेश्वरीले गाँसेको अन्तराष्ट्रिय सम्बन्धले यहाँको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार ००:००  ९ : २३ बजे