२०८१, ३१ भाद्र सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ वर्ष निजी काम छाडेर इञ्जिनियरहरुको हकहितमा लाग्छुः सुवासचन्द्र बराल



नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताए ।

सरकारी तथा निजी क्षेत्रका इञ्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको भन्दै उनले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताए । सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिक रुपमा अघि बढेको बताउँदै अध्यक्ष उम्मेदवार बरालले प्रदेशसँग मिलेर काम गर्ने बताए ।

आफ्ना कुराहरु प्रतिबद्धतामार्फत ल्याएको बताउँदै बरालले आफ्नो नेतृत्वमा पेशागत हक हितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता व्यक्त गरे ।

बुटवलमा भएको कार्यक्रममा इञ्जिनियर तथा आर्किटेक्टहरुको बाक्लो सहभागीता थियो । सहभागीहरुले निर्वाचनमा बरालको योजनामा आफूहरु सहमत रहेको बताए ।

उनीहरुले अनुभव र संगठनप्रतिको लगाव भएकाले बराललाई सहयोगको प्रतिबद्धता समेत जनाए । बराल समूह पोखरामा अन्र्तक्रिया सकेर काठमाडौंमा अन्र्तक्रियामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार ००:००  १ : ०१ बजे