२०८१, ३१ भाद्र सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती विधेयकमा छलफल सुरू



संसदमा पेश भएको ६ महिनापछि संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबारदेखि विधेयकमा छलफल सुरू भएको हो ।

बहुप्रतिक्षित निजामती विधेयक २०८० फागुन २१ गते संघीय संसदमा दर्ता भएको थियो ।

समिति सभापति रामहरी खतिवडाले आज विधेयकमाथि सैद्धान्तिक छलफल हुने जानकारी गराए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलको पहिलो दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मुख्यसचिव एकनारायण अर्याललगायत आमन्त्रितरूपमा उपस्थित छन् ।

सैद्धान्तिक छलफल सकेर संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार ००:००  १ : ०८ बजे