२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिवद्धता पुरा गर्दै मधेशका मुख्यमन्त्री : मधेशमा अब सरकारी तहबाटै एमबिबिएसको पढाइ हुने



मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कार्यकालको पहिलो दिन गरेको निर्णय पुरा हुने भएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान कुलपति समेतको जिम्मेवारी सम्हादै मुख्यमन्त्री सिँहले प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका थिए । मुख्यमन्त्रीको त्यो प्रतिवद्धता छोटो समयमै पुरा हुने चरणमा प्रवेश गरेको हो ।

मुख्यमन्त्री सिँहले सरकारको नीति तथा कार्याक्रममा समेत प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन हुने कार्यक्रम समाविष्ट गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पुरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्रीको आग्रह र योजना अनुसारनै मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउनेछन् ।

प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१, २२ भाद्र शनिबार ००:००  २ : ४२ बजे