२०८१, ६ पुस शनिबार | Sat Dec 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनास्लु संरक्षण क्षेत्र घुम्ने पर्यटकसँग चुमनुब्री गाउँपालिकाले शुल्क लिने

विदेशीलाई १ हजार र नेपालीलाई २ सय शुल्क लिने, उठेकाे रकम पर्यटन प्रवर्द्धनमा खर्चिने



मनास्लु संरक्षण क्षेत्रमा घुम्नजाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको हो ।

पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय गरिएको छ ।

भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको छ ।

एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ ।

आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेकाले पालिकाले नीति बनाएर पर्यटकसँग शुल्क लिने तयारी गरेको गाउँपालिका अध्यक्ष निमा लामाले अनलाइन सरोकारसँग बताए । देशका अन्य विभिन्न क्षेत्रका स्थानीय तहले पनि संरक्षित क्षेत्रमा घुम्ने पर्यटकसँग शुल्क लिने गरेको अभ्यास बुझेर चुमनुब्रीले पर्यटकसँग शुल्क लिने निर्णय गरेको र पर्यटकबाट संकलित रकम त्यसक्षेत्रकै पर्यटन प्रवद्र्धनमा खर्च गरिने अध्यक्ष लामाकाे भनाई छ ।

पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले सार्वजानिक सूचना निकालेर जानकारी दिएका छन् ।

पर्यटकसँग शुल्क उठाउने चुमनुब्रीको निर्णयले पर्यटन क्षेत्रमा राम्रो सन्देश नजानेभन्दै कतिपयले टिप्पणी गरेपनि यसलाई सकारात्मक लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २३ भाद्र आइतबार ००:००  १ : ०६ बजे