२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा वडाध्यक्षसहित तीन जना घुससहित पक्राउ



जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष, वडा सचिव र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।

घुस मागिरहेको सूचनाको आधारमा पछ्याउँदै जाँदा रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख कुरुम्वाङले बताए।

प्रकाशित मिति : २०८१, २५ भाद्र मंगलबार ००:००  ८ : ५१ बजे