२०८१, २४ आश्विन बिहीबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको शरणमा रवि : उपसभामुख नहटाउन अनुरोध, हटाए घातक प्रतिकार गर्ने धम्की



राश्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री केपी ओलीको शरणमा पुगेका छन् । उपसभामुख इन्दिरा रानालाई नहटाउन अनुरोध गर्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री ओलीको शरणमा पुगेका हुन् ।

प्रधानमन्त्री निवासमा पुगेर लामिछानेले ओलीसँगको गोप्य भेट गर्दै सत्तारुढ दलले उपसभामुख हटाउन खोजेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

प्रधामन्त्री ओलीले उपसभामुखको विषय सत्तासाझेदार दलबीचमा छलफलकै क्रममा रहेको र सत्तारुढ दलको संयुक्त बैठकले यस विषयमा निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रधानमन्त्रीको जवाफपछि राश्वपा सभापति लामिछानेले उपसभामुखलाई हटाए घातक प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी थालिसकेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने विषयमा छलफल भएको थियो । सोही अनुसार हस्ताक्षर संकलनको काम सुरु भैसकेको छ ।

उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रका कारण विवादमा परेकी थिइन् ।

उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । सत्तारुढ दलहरुले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार ००:००  २ : २५ बजे