२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाडको स्वास्थ्य सेवा बागलुङ जिल्लामै उत्कृष्ट



बडिगाड गाउँपालिकाको स्वास्थ्य सेवा बागलुङ जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले प्रदान गर्ने स्वास्थ्य सेवा र प्रभावकारिताका विषयमा गरिएको मूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको हो ।

स्वास्थ्य कार्यालय बागलुङले गरेको आर्थिक वर्ष २०८०।०८१ मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनलाई विभिन्न सूचकलाई आधार मानेर मुल्याङ्कन गर्दा बडिगाड जिल्लामै उत्कृष्ट पालिका बन्न सफल भएको हो । जिल्लाका १० स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा भएका कार्यसम्पादन र विभिन्न सूचकका आधारमा मुल्याङन गरिएको थियो ।

जनप्रतिनिधिको पहलमा बडिगाडको स्वास्थ्य क्षेत्रमा थुप्रै नमुनाका कामहरु भएका छन् । भने स्वास्थ्य सेवामा पनि गुणस्तरता थपिएको छ । नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापाको भनाई छ ।

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जिल्लामै उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट कार्यसम्पादन गरी पालिकाको गरिमा बढाउन सफल भएकोमा बडिगाड स्वास्थ्य शाखा साथै पालिका अन्तर्गत रहेका सबै स्वास्थ्यकर्मी र स्वंयसेविकाहरुलाई धन्यवाद दिइन् ।

जिल्लाभर रहेका १ सय १९ वटा स्वास्थ्य संस्था मध्ये बडिगाड गाउँपालिका अन्तर्गत रहेका ३ वटा स्वास्थ्य संस्थाहरु पुरस्कृत भएका छन् । जसमध्ये ग्वालिचौर स्वास्थ्य चौकी जिल्लामै दोश्रो, दर्लिङ स्वास्थ्य चौकी तृतीय र आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ चौँथो हुन सफल भएका छन् ।

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार ००:००  ५ : ०८ बजे