२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिता सुरु



सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिता सुरु भएकाे छ । अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको हाे ।

प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरूबाट १५ वटा टिमका ६० जना विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा भाद्र २६ गते ललितपुरमा अवस्थित के एम सी कलेजमा एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

अभ्यास अदालत प्रतियोगिता भाद्र २८ गते सम्म ३ दिन चल्ने अनेरास्ववियु कानुन विभागका प्रमुख गोपाल नेपालले बताए।

‘सुवास नेम्वाङ कुनै एउटा विशेष जाती क्षेत्र र वर्गको मात्र नेता नभई सम्पूर्ण नेपालीको साझा नेता हुनुहुन्थ्यो भने नेपालको कानुनी, न्याय तथा संसदीय क्षेत्रमा समन्वयनकारी भूमिका निर्वाह गर्न सक्नु हुने र समस्यालाई निचोड दिन सक्ने व्यक्तित्व भएकाले उहाँप्रति सम्मानका लागी यो कार्यक्रम आयोजना गरिएको हो,’ प्रमुख नेपालले भने ।

उद्घाटन समारोह अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता थियो भने पूर्व कानून मन्त्री संविधानसभा सदस्य अग्नि खरेल प्रमुख वक्ताको रूपमा रहेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, नेकपा (एमाले) केन्द्रीय सदस्य किशोर विक्रम मल्ल लगायत ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै आएका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

सुवासचन्द्र नेम्वाङसंग जोडिएका धेरै पाटाहरूको सन्दर्भमा चर्चा गर्दै सुवास नेम्वाङलाई हेरेर कानूनी क्षेत्रका विद्यार्थीहरू बढ्न सके सजिलै सफलता हात पार्न सकिने पूर्वकानुन मन्त्री अग्नि खरेलले बताए ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले सुवास नेम्वाङले हामी व्यवस्था परिवर्तनको लागी देश दुनियाँको परिवर्तनको लागि आन्दोलनको अग्रमोर्चामा रहँदा तत्कालीन शाही सरकारले गिरफ्तार गर्दा हाम्रो पक्षमा वकालत गरेको स्मरण गर्दै उनले देखाएको बाटोमा अगाडि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार ००:००  १० : ३५ बजे