२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूजाकाे प्रसाद खाँदा एउटै गाउँका ५० जना बिरामी



झापाको अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँका स्थानीय बिरामी परेका छन्।

स्थानीय रीता निरौलाको घरमा मङ्गलवार पूजा लगाइएको र सो पूजामा प्रसाद खाएका मध्ये करिब ४०/५० जना बिरामी बताइएको छ। तर, उनीहरू प्रसाद खाएकै कारण बिरामी भएको भन्ने अहिले पुष्टि भइनसकेको छैन ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीका अनुसार बुधवार बिहान केही मानिसहरूमा टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएकोमा साँझसम्म त्यो सङ्ख्या झन्डै ५० पुगेको छ।

प्रसाद खाएकै कारण स्वास्थ्य अवस्था बिग्रिएको हो वा अन्य कुनै कारण हो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयलाई परीक्षणका लागि बोलाइएको छ ।

परीक्षण पछि मात्रै बिरामी हुनुको कारणबारे प्रष्ट हुने छ ।

बिरामी भएका अधिकांशको उपचार शनिचरे अस्पतालमा भइरहेको छ भने केही उपचार पछि घर फर्किएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्मका छन्।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार ००:००  १० : ४५ बजे