२०८२, ४ श्रावण शनिबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली नोटसहित एकजना पक्राउ



एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् ।

उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  १० : ४५ बजे