२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर

कारबाही सिफारिस



सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो। समितिले आइतबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ।

सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन् ।

समितिका एक जना सदस्यले दिएको जानकारीअनुसार आइतबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी छ।

प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको छ ।

रास्वपा सभापतिसमेत रहेका ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछसमेत गरेको थियो । लामिछानेले सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएको कुरा आफूलाई थाहा नभएको बताएका थिए ।

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  १० : ५३ बजे