२०८१, २४ आश्विन बिहीबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने



कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।  नेकपा माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा  नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । 

कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । 

गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त कार्कीले पहिलो पटक बैशाख  ३१ गते विश्वासको मत लिएका थिए ।  

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  २ : ५४ बजे