२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्षमा नेपाल जापान जस्तो हुन्छ : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल जापान जस्तै बन्ने बताएका छन् । युवा पलायन रोक्न नसके आगमी २० वर्षभित्रै नेपाल जापान जस्तै वृद्धवृद्धा मात्रै बस्ने र बाहिरका मानिसले आएर कयेर गर्नुपर्ने अवस्थामा पुग्ने बताएक हुन् ।

नेपालमा विकास बढ्दो क्रममा रहेपनि युवा पलायन हुनेक्रम रोक्न नसकिएको भन्दै थापााले स्वदेशमै स्वरोजगारको वातावरण बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय शिक्षा दिवसको अवसरम कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी स्थित नेपाल राष्ट्रिय निर्माण माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद समेत रहेका महामन्त्री थापाले अहिले नै नेपालक गाउँहरु युवा विहिन बनेको र यहि अवस्था रहे आगामी केही वर्षमा देश नै वृद्धवृद्धा मात्रै बस्ने अवस्थामा पुग्ने बताए । ‘विकास गाउँ पुग्यो तर मानिसहरु गाउँमा बस्न छाडे । शहर छिरेकाहहरु विस्तारै विदेशतिर जान थाले ।’ उनले भने, ‘यहि अवस्था रहे अबको २० वर्षमा नेपाल पनि जापान जस्तै वृद्धवृद्धा मात्रै बस्ने देश बन्नेछ ।’ नेपालमा सरकारले आशा लाग्दो काम गरे विदेशमा रहेका युवा स्वदेश फर्किएर उद्यममा लाग्ने उनको तर्क थियो ।

नेपालका सामुदाायिक विद्यालयले युग अनुसारके अंग्रेजी पढाउन नसकेको र नीजि विद्यालयले अंग्रेजी सिकाउने नाममा विद्यार्थीलाई यातना दिएर बालमनोवज्ञानम असर गरिरहेकाले शिक्षा नीति र शैक्षिक पद्धति परिमार्जन गर्नुपर्ने थापाको भनाई छ ।

कार्यक्रममा कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा विशेष योजना बनाएर काम गरिरहेको बताए । विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति कागेश्वरीका सामुदायिक विद्यालयमै उत्पादन हुने उनको दावी थियो ।

प्रकाशित मिति : २०८१, २ आश्विन बुधबार ००:००  ६ : ४० बजे