२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा एकैपटक ७ जना कोरोना संक्रमित थपिए



काठमाडौं । सिन्धुलीमा आइतबार एकैपटक ७ जना कोरोना संक्रमित थपिएका छन् । एकैपटक सबैभन्दा धेरैमा संक्रमण देखिएको यो पहिलोपटक हो ।

साउन २१ गते स्वाब संकलन गरेर प्रादेशिक अस्पताल हेटौंडा पठाइएका २२ जनामध्ये ७ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सिन्धुलीमा अहिलेसम्म ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पठाइएका सबै स्वाबमध्य ३३ प्रतिशतको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य क्षेत्रका पदाधिकारीले बताए । यो नतिजाले जिल्लामा कोरोनाको भयावह स्थिति अनुमान गरिएको उनले बताए ।

हाल सिन्धुली अस्पतालमा ३ जना कोरोना पोजिटिभ उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  १ : ५१ बजे