२०८१, ३ आश्विन बिहीबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरमा नेपालमै पहिलो पटक डिजिटल प्रविधिबाट पटनपाठन सुरु

११३ जना सम्मानित



काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपालमै पहिलो पटक डिजिटल प्रविधिबाट पटनपाठन सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री मार्फत देशमै पहिलो पटक डिजिटल प्रविधिको कक्षा सुरु गरेको हो ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर गोकर्णेश्वरले डिजिटल प्रविधिको शिक्षा सुरु गरेको छ । सामुदायिक र संस्थागत विद्यालयलाई सँगै समन्वय गरेर नगरभित्रको शैक्षिक उपलब्धि सुधारमा लागेको गोकर्णेश्वरले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरेको छ ।

नगरपालिका भित्र शिक्षामा योगदान पुर्याउने व्यक्तित्व तथा माध्यामिक शिक्षा परीक्षा एसईइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीसमेत गरेर ११३ जना भन्दा बढीलाई सम्मान गरिएको थियो ।

विद्यार्थीको ज्ञान, सीप र क्षमता थप विकास गर्ने उद्देश्यले तत्कालका लागि कक्षा एकको स्थानीय पाठ्यक्रमको भिडियो सामग्री सञ्चालनमा ल्याइएको र आगामी दिनमा कक्षा आठ सम्म डिजिटल माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको नगर प्रमुख दिपक कुमार रिसालले बताएका छन् । सबै विद्यालयका कक्षा कोठामा प्राविधिबाट शिक्षण गराउने र विद्यार्थीको कार्ड समेत डिजिटल बनाइने नगरप्रमुख रिसालको भनाई छ ।

गोकर्णेश्वरलाई शैक्षिक हवका रुपम विकास गर्ने गरी नगरपालिकाले काम गरिरहेको छ । शिक्षा क्षेत्रका समस्या पहिचान गरेर शैक्षिक सुधारमा लागेको गोकर्णेश्वर नगरपालिकाले वार्षिक करोडौं बजेट नगर शिक्षकको तलव, शैक्षिक कार्यक्रम र प्रविधियुक्त शिक्षा एवं पूर्वाधार विकासमा खर्चिने गरेको छ । फलस्वरुप गोकर्णेश्वरको शैक्षिक विकासमा आशातित् सुधार हुन थालेको छ ।

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार ००:००  ११ : ४३ बजे