२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरीको शैक्षिक नीति: पुरस्कार र प्रोत्साहन बढाएर हटाउँदै शिक्षा क्षेत्रका बेतिथि



कागेश्वरी मनोहरा नगरपालिकाले पुरस्कार र प्रोत्सहनका माध्यमबाट शिक्षा क्षेत्रका बेतिथि हटाउने नीति कार्यान्वयमा ल्याएको छ । शैक्षिक विकास र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्दै  आएको कागेश्वरीले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कृत र कमजोरलाई अब्बल बन्न प्रोत्साहन गरेर शिक्षा क्षेत्रका समस्या समाधान गर्ने नीति अघि बढाएको हो ।

कागेश्वरीका सामुदायिक विद्यालयको शिक्षा अब्बल बनाउन विद्यालय तहमै छलफल गरेर सरोकारवालाको सुझावका आधारमा शैक्षिक नीति बनाएर काम सुरु गरेका यहाँका जनप्रतिनिधिले नतिजा देखिनेगरी काम गरिरहेका छन् ।

विद्यालयका भौतिक पूर्वाधार विकास, कक्षाकोठा व्यवस्थापन, प्रविधिको पर्याप्तता लगायतको व्यवस्थासँगै विद्यालयको चौघेराभित्र शिक्षक र विद्यार्थीलाई दण्ड र पुरस्कारले जिम्मेवार र थप सकृय बनाउने भएकाले सोही अनुसार पुरस्कार र प्रोत्साहनका कार्यक्रममा जोड दिइएको नगरप्रमुख उपेन्द्र कार्कीको भनाई छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका उत्कृष्ट विद्यार्थी, विद्यालय र शैक्षिक सरोकारवालाई सम्मान गरेको छ । यस्ता कार्यक्रमले नगरको शैक्षिक उन्नयनमा थप टेवा पुग्ने नगरप्रमुख कार्कीको भनाई छ ।

प्रतिनिधिसभाका सांसद गगन थापाको प्रमुख आतिथ्यतामा भएको सम्मान तथा पुरस्कार वितरण समारोहका वक्ताहरुले कागेश्वरीको शैक्षिक विकासमा व्यापक सुधार देखिएको भन्दै जनप्रतिनिधिको कामको प्रशंसा गरेका थिए । कांग्रेस महामन्त्री समेत रहेका सांसद थापाले युग सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको बताएका थिए ।

कार्यक्रममा पुरस्कृत विद्यार्थीहरुले एकअर्कामा खुसी साटासाट गरेका थिए ।

यस्ता कार्यक्रमले कमजोर विद्यालय र कमजोर विद्यार्थीलाई समेत अब्बल बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार ००:००  १२ : ११ बजे