२०८१, ३ आश्विन बिहीबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतापपुरका अध्यक्षको आन्दोलन र अनशनपछि हुलाकी सडक निर्माण सुरु



पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको आन्दोलन र आमरण अनशनपछि हुलाकी सडक निर्माणको काम सुरु भएको छ । ठेकेदारले समयमा काम नगर्दा अलपत्र बनेको हुलाकी सडक निर्माणको काम सक्न पटक पटक पहल गर्दापनि सुनुवाई नभएपछि अध्यक्ष यादवले दवावमुलक आन्दोलन र आमरण अनशन बसेरै काम सुरु गर्न बाध्य पारेका हुन् ।

निर्माणसम्पन्न हुनुपर्ने समय सकिँदा सम्म काम नगरी ठेकेदारले हुलाकी सडक निर्माण कार्य अलपत्र पारेको विषयमा अध्यक्ष यादवले प्रशासन, आयोजना कार्यान्वयन ईकाई, निर्माण कम्पनी हुँदै क्रमशः प्रधानमन्त्रीलाई समेत पत्र लेखेर तत्काल काम अघि बढाउन आग्रह गरेका थिए ।

पालिका अध्यक्षको तर्फबाट आवश्यक पहल गर्दा सुनुवाई नभएपछि स्थानीय नागरिक र सरोकारवालाको साथ लिएर अध्यक्ष यादवले आन्दोलन सुरु गरेका थिए । धर्नासहितका आन्दोलनका कार्यक्रम गर्दा पनि काम सुरु नभएपछि अध्यक्ष यादवले आमरण अनुशन नै सुरु गरेका थिए । पालिका अध्यक्ष नै अलपत्र योजना निर्माणको काम सक्न माग गर्दै अनशनमा बसेपछि राज्यका निकायले पटक पटक अनशन तोड्न र केही समयमा काम सुरु गर्ने बचन दिएका थिए । यद्यपी अध्यक्ष यादवले उधारोमा सम्झौता नगर्ने काम नै सुरु हुनुपर्ने अडान राखेका थिए । अध्यक्ष यादवको अनशनलाई  सर्वसाधारणले त साथ दिएका थिए नै कांग्रेस महामन्त्री गगन थापासहितका व्यक्तिहरु मागमा ऐक्यवद्धता जनाउन अनशनस्थल पुगेका थिए ।

अध्यक्षको अनशनसहित चौतर्फी दवाव आएपछि अन्ततः ठेकेदार कम्पनी महालक्ष्मी बज्रगुरुले काम सुरु गरेको छ । यहि चैत्र मसान्तसम्म काम सक्ने समझदारी भएको छ ।

ठेकेदार कम्पनीले काम सुरु गरेपछि दवावमुलक कार्यक्रम स्थगित गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । समयमै हुलाकी सडक नबन्दा यस क्षेत्रको विकासमा बाधा पुगेको र स्थानीयलाई आवतजावतमा समेत समस्या भएकाले तत्काल काम सक्न पहल गरिएको उनको भनाई छ । सडकको गुणस्तर र कामको प्रगतिमा पालिकाले निरन्तर निगरानी गर्ने उनले बताए ।

प्रतापपुर गाउँपालिका स्थित गोपिगन्ज देखि बेलाटारी सम्मको झन्डै साढे ६ किलोमिटर हुलाकी सडक ६ बर्ष सम्म निर्माण सम्पन्न भएको छैन ।

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार ००:००  १ : १० बजे