२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपा १४ मा अगुवा महिला मार्फत कोभिड विरुद्धको सचेतना फैलाइँदै



काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा अगुवा महिला मार्फत कोरोना विरुद्धको सचेतना अभियान चलाईएको छ । महिला विकास समितिका पदाधिकारीहरुका लागि कोभिड १९ का विषयमा सचेतनामुलक कार्यक्रम गरेर विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका बारेमा वडा भित्र सचेतना जगाउन थालिएको हो ।

शनिवार कामपा १४ नगर महिला विकास समितिको आयोजनामा भौतिक दुरी कायम गर्दै विशेष सचेतनामुलक कार्यक्रम गरिएको थियो । काठमाडौं महानगरपालिका १४ का महिला विकास समितिका पदाधिकारीहरुका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय अगुवा महिलाहरु सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमित भेटिए उपचारका लागि जुट्न सबैमा अपिल गरिन् ।

वडा अध्यक्ष सापकोटाले सचेतना नै कोरोना परास्त गर्ने प्रमुख उपाय भएकाले सचेतना अपनाउन आग्रह गरिन् । स्वास्थ्यका मापदण्डको ख्याल गर्न र समाजमा सचेतनाका बारेमा जानकारी गराउन अगुवा महिलाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ४ : ५२ बजे