२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको आकाशमा प्याराग्लाइडिङ : पर्यटन मार्फत आर्थिक समृद्धि खोज्दै गुठिचौर

गाउँपालिका अध्यक्ष भन्छन्– गुठिचौर कर्णालीको प्याराग्लाइडिङ केन्द्र बन्छ



जुम्लाको आकाशमा प्याराग्लाइडिङ उडाइएको छ । पर्यटनको प्रचुरसम्भावना भएको तर अझेलमा परेको गुठिचौर क्षेत्रमा प्याराग्लाइडिङ उडाइएको हो ।

जुम्लाको गुठिचौर गाउँपालिकाले १ साता लामो प्याराग्लाइडिङ महोत्सव स्काई फेष्टिबल गरेर पहिलो पटक यस क्षेत्रमा प्याराग्लाइडिङ उडाएको हो ।

वरिपरि डाँडा बिचमा चौर भएको अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ महोत्सवमा दैनिक सयौं स्थानीयले आकाशमा उडेर आनन्द लिएका छन् ।

सुरुमा राइडर आकाशमा उडेको हेरेर हर्षित भएका जुम्लाको गुठिचौर र आसपासका स्थानीय पछि आफैं प्याराग्लाइडिङमा उड्न पाएपछि खुसी भएका छन् ।

प्याराग्लाइडिङ महोत्सवमा रम्न जुम्ला र आसपासका स्थानीयहरु गुठिचौर आइपुगेका थिए ।

प्याराग्लाइडिङ क्षेत्रको अनुभवी कम्पनी वावु एडभेञ्चर प्रा.लीले गुठिचौरमा २ महिना अघि प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो ।

यहाँको आकाश सहासिक यात्रा प्याराग्लाइडिङका लागि उपर्युक्त ठहरिएपछि गाउँपालिकाले अनुभवी र दक्ष राइडर झिकाएर प्याराग्लाइडिङ महोत्सव गरेको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु. ३ हजार र बाहिरकालाई रु. ४ हजार शुल्क निर्धारण गरिएको थियो । टिकट काटेरै प्याराग्लाइडिङ गर्नेहरु बढेपछि निर्धारित समयभन्दा केही दिन बढी नै महोत्सव सञ्चालन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष भन्छन्– गुठिचौर कर्णालीको प्याराग्लाइडिङ केन्द्र बन्छ

पर्यटन मार्फत आर्थिक समृद्धिको लक्ष्य राखेको गुठिचौर गाउँपालिकाले यसक्षेत्रलाई कर्णालीको प्याराग्लाइडिङको मुख्य केन्द्र बनाउने भएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले प्याराग्लाइडिङ महोत्सवले पर्यटकीय क्षेत्र गुठिचौरमा सबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि सुरुवाती कदम भएको बताए । सहासिक पर्यटनका लागि गुठिचौर उपर्युक्त भएकाले संघ र प्रदेश सरकारसँग पूर्वाधार विकासका लागि पहल गरेर गुठिचौरलाई कर्णालीको प्याराग्लाइडिङको केन्द्रको रुपमा विकास गरिने बताएका छन् ।

सुन्दर पर्यटकीय भविष्य बोकेको गुठिचौरमा पर्यटनको दिर्घकालिन आधार तय गर्न सम्भावनालाई चुम्दै स्थानीयलाई   उद्यमशिल मार्फत आर्थिक समृद्धिमा जोडिने अध्यक्ष बुढाको भनाई छ ।

गुठिचौर जुम्ला जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य हो । यहाँ दर्जनौं धार्मीक तथा ऐतिहासिक गन्तव्यहरु छन् । प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका क्षेत्रलाई गाउँपालिकाले पूर्वाधार विकास र प्रचारप्रसार गरेर प्रवद्र्धन गरिरहेको छ ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आइतबार ००:००  १० : ५८ बजे