२०८१, २३ आश्विन बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चित्रबहादुर केसीको पार्टी जनमोर्चाले देशव्यापी आन्दोलन गर्ने



राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले राजधानी केन्द्रीत आन्दोलनलाई सप्ताहव्यापीरुपमा सञ्चालन गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार मंसिर महिनाभरि देशव्यापी रुपमा प्रदेशदेखि स्थानीय तहसम्मका बैठकहरू गरिने छन् ।

पुस महिनाभरि देशव्यापी रुपमा जिल्लाजिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिने जनमोर्चाले जनाएको छ । माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

‘गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक छ । हाम्रो जस्तो मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त छैन’, विज्ञप्तिले भनेको छ, ‘संघीयताका कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ । त्यसैले संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुपलाई खारेज गरिनु पर्दछ ।’

त्यस्तै बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत राजनीतिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ ।

राजमोर्चाले राजनीतिक अस्थिरता र राष्ट्रियतामाथिको गम्भीर खतरा, जनजिवीकाको प्रश्न गम्भीर हुँदा जनतामा चरम असन्तुष्टि र आक्रोस बढिरहेको जनाएको छ । ‘प्रतिगामी शक्तिहरूले आफ्नो प्रतिगामी राजनीतिक उद्देश्यका लागि जनतामा व्याप्त आक्रोस असन्तुष्टिलाई उपयोग गरिरहेको परिणाम प्रतिगमनको खतरा बढेर गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आइतबार ००:००  ११ : ४६ बजे