२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेलधुराकाे अजयमेरु : पहिले थियाे आयातकाे भर, अहिले बन्यो आफैं आत्मनिर्भर



पहिले आयातमा भरपर्ने डडेलधुराकाे अजयमेरुका किसान अहिले आत्मनिर्भर बनेका छन् । विगतमा आयातमा भरपर्नुपर्ने यसका नागरिक अहिले आफुले उत्पादन गरेको आलु, दुध र मासुसहितको तरकारी र खाद्यबालीमा आफैं आत्मनिर्भर बनेका हुन् ।

किसानको उन्नति र पालिकाको समृद्धिका लागि स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक तथा प्राविधिक सहयोगसहित किसान लक्षित कार्यक्रम ल्याएपछि अजयमेरुका किसानले पालिकालाई आत्मनिर्भर बनाएर बाहिरी जिल्ला र शहरसम्म निर्यात गर्नेगरी मासु, दुध, तरकारी र खाद्यबाली उत्पादन गरेका हुन् । विगतमा किनेर खानुको विकल्प नभएका गाउँका किसानहरु अहिले   आफ्नो आवश्यकता पुरा गरेर कृषि उपज बेचेर आम्दानी गर्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले अनलाइन सरोकारसँग बताए । पालिकाले कृषि र पशुपालनमा नतिजा देखिनेगरी काम गरेकाले खाद्यन्न र तरकारीमा पालिका आत्मनिर्भर बनेको र अजयमेरुमा उत्पादन भएको खसीको मासु राजधानी काठमाडौंसम्म ढुवानी हुने गरेको पालिका अध्यक्ष भट्टको भनाई छ ।

अजयमेरु गाउँपालिकाले कृषिको व्यवसायिकरण, वैज्ञानिकरण, विविधिकरण गर्दै वडा वडामा कृषि उत्पादनका लागि पकेट क्षेत्र विस्तार, भटमास खेतीको प्रवद्र्धन, फलफुल तथा मह उत्पादनमा जोड, व्यवसायिक भैसी पालनका लागि पशु सुत्केरी भत्ता, उत्पादनका आधारमा अनुदान जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

अजयमेरुका अधिकांश किसान कृषि पेशामा आवद्ध छन् ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आइतबार ००:००  १ : ३७ बजे