२०८१, २३ आश्विन बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी प्रकरण: छवि पक्राउ, रवि आज पक्राउ नपर्ने



सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।


सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, जीवी राई र छविलाल जोशीको आधा-आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरुले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानका खुलाए अनुसार, आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । बीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए ।

पछि भने मनमुटाव भएपछि जोशी गोर्खा मिडियाबाट अलग भएका थिए ।

सहकारी छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

रवि आज पक्राउ नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । पार्टी कार्यालय वरपर प्रहरी खटिएपनि पक्राउ पूर्जि नभएकाले जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गर्ने तयारी छ ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आइतबार ००:००  ८ : ४५ बजे