२०८१, २४ आश्विन बिहीबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक



बागमती प्रदेश सरकारले सरकार गठन भएको दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

६७ बुँदे साझा कार्यक्रममा योजना बैंक स्थापना देखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनास्म्म रहेको छ । कार्यक्रममा ३ वर्ष मुनिको बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ सेवा उपलब्ध गराइने विषय समेत उल्लेख छ ।

हाल देखिएको सहकारी समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको आयोगलाई नियमित काममा लगाउने पनि कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा निर्माण भएका हिल स्टेसनलाई व्यवस्थित ढङ्गले संचालनमा ल्याउन सरकारले जोड दिने विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन केही ढिला भएपनि ल्याइएको कार्यक्रमलाई पुर्णरुपमा कार्यन्वयनमा लैजाने बताए ।

प्रदेश सरकार निर्माण भएयता सरकारको विभिन्न क्रियाकलापमा सबैजना व्यस्त हुँदा कार्यक्रम केही ढिला आएको भन्दै उनले न्यूनतम कार्यक्रम अनुसार सरकारले द्रुत गतिमा काम गर्ने उल्लेख गरे ।

जनताको काम र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको भन्दै विकास र सुशासनलाई प्रदेश सरकारले सँगै अघि बढाउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सत्तारुढ दल एमालेका संसदिय दलका नेता जगन्नाथ थपलियाले काङ्ग्रेस- एमाले गठवन्धनको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम अनुसारको काम सरकारले गर्ने बताए । यो गठवन्धन स्थायित्व र विकासको लागि निर्माण भएको भन्दै सरकारले सोही अनुसारको काम गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार ००:००  १२ : २३ बजे