२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा स्काई फेस्टिवल सफल, गुठिचौर कर्णालीको पर्यटकीय हव बन्ने

जुम्लाको आकाशमा उड्न जुम्लाकै क्याप्टेन बन्ने भए मनोज



जुम्लामा स्काई फेस्टिवल सफल भएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गुठिचौर गाउँपालिकाले आयोजना गरेको प्यारागलाईडिङ महोत्सव सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रतिकूल परिस्थितिको बीचमा गुठिचौर गाउँपालिकामा सञ्चालन गरिएको आकासे पर्व सफलतापूर्वक सम्पन्न भएको र यो कार्यक्रमले जुम्ला जिल्लाका नागरीकमा साहसिक पर्यटनको क्षेत्रमा उत्साह थपेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । करिब एक हप्तासम्म गुठिचौरको आकाशमा प्यारागलाईडिङ उडाएर साहसिक पर्यटनको सम्भावना स्थापित गरिएको अध्यक्ष बुढाको भनाई छ । ‘१ साता लामो आकाशे पर्व सफलतापूर्वक सम्पन्न भयो । जुम्ला जिल्लाका लागि त यो ऐतिहासिक कार्य हो नै यसले सिंगो देशमा एउटा सकारात्मक उर्जा र सम्भावनासँगै जुम्लाबासी जनताको एकता र भावनालाई सन्देशका रुपमा सम्प्रेषण भएको छ ।’ अध्यक्ष बुढाले भने, ‘गुठिचौर कर्णाली प्रदेशकै पर्यटकीय हव बन्छ । अझ प्यारागलाईडिङका लागि त यो ठाउँ अन्यन्त्र भन्दा सहज र सुन्दर छ भन्ने प्रमाणित नै भईसक्यो ।’ यसक्षेत्रको पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनसँगै स्थानीयको आर्थिक समृद्धिका सवाल बोकेर अब प्रदेश र संघ सरकारमा बजेटका लागि पहल गर्ने अध्यक्ष बुढाको भनाई छ ।

गुठिचौरको आकाशमा १ सातासम्म प्यारागलाईडिङ उडाएर स्थानीयलाई सेवा र मनोरञ्जन दिलाएका प्यारागलाईडिङ राइडरहरुलाई जुम्लाबाट सम्मानसहित विदाई गरिएको छ ।

जुम्लाको आकाशमा उड्न जुम्लाकै क्याप्टेन बन्ने भए मनोज

जुम्लाको आकाशमा उड्न जुम्लाकै क्याप्टेन तयार गरिने भएको छ । गुठिचौरको आकाशमा प्यारागलाईडिङको सम्भावना देखेसँगै यहाँका स्थानीयले प्यारागलाईडिङ क्षेत्रमै सम्भावना चुम्ने योजना बनाएका छन् । जिल्लाकै क्याप्टेन तयार गर्ने दूरगामी सोच राखेर गुठिचौरका अध्यक्ष बुढाको पहलमा जुम्लाका मनोज रावल प्यारागलाईडिष्ट बन्ने भएका छन् ।

नेपालका ख्याति प्राप्त प्यारागलाईडिष्ट बावु एड्भेन्चरस् ग्रुपका प्रमुख सानुबाबु सुनुवारले जुम्ला जिल्लालाई एउटा प्यारागलाईडिङ्ग क्याप्टेन उपहार दिने प्रतिवद्वता सहित मनोज रावललाई संगै लिएर गएका छन् । सुनुवारले रावललाई आप्नै विद्यालयमा पढाउने र भविष्यमा प्यारागलाईडिङ्ग क्याप्टेन बनाइदिने बचन दिएका छन् ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार ००:००  २ : ५० बजे