२०८२, ५ जेठ आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द



काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ ।

‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’

उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ७ : ४१ बजे