लेखा सेवाका २६ जना उपसचिवको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयमाबाट अन्य कार्यालयमा जिम्मेवारी दिएर सरुवा गरेको हो ।
सरुवा सूची अनुसार उदयपुरका कोष तथा लेखा नियन्त्रक महेशकुमार दाहाल कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुर सरुवा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीको बागमती सिँचाइ आयोजना सर्लाहीमा सरुवा भएको छ ।
बाँकी २४ जना उपसचिवको भने संघीय राजधानी काठमाडौंका विभिन्न निकायबाट संघीय राजधानी काठमाडौँकै अन्य निकायमा सरुवा भएको छ ।