२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले घर पुरिँदा लिसंखुपाखरमा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु



अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखुपाखरमा दुई जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले अनलाईन सरोकारलाई जानकारी दिए ।

पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको छ । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए ।

सिन्धुपाल्चोकको अन्य विभिन्न क्षेत्रमा पनि अविरल वर्षाको कारण जनजिवन प्रभावित भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार ००:००  ९ : २५ बजे