२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा बाढी: खुर्कोटमा पुल बगायाे, घुर्मीको पुल जोखिममा



भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ ।

यो पुल खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित थियो । जसका कारण आवागमन प्रभावित हुने छ । त्यहाँ नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोट बगाएको हो ।

पुलको क्षतिग्रस्त बनेपछि रामेछाप, दोलखा ओखलढुङा जाने सडक बन्द हुने अवस्था आउन सक्ने बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै, रामेछापकाे हातेचौर र मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको उनले बताए ।

सुनकोशी नदी माथिको ओखलढुंगाको टोक्सेल हर्कपुर उदयपुरको घुर्मी जोड्ने पुल जोखिममा परेको छ । बाढी पुल माथि चढेको छ । पुल आसपासको जमिन नदीले कटान गरेर जोखिम बढाएको छ । बाढीको बहाब बढिरहेका थप जोखिम छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार ००:००  ४ : ५६ बजे