२०८२, ६ बैशाख शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता, हजाराैं अलपत्र



बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

बाढी पहिराेका कारण सडक अवरुद्ध हुँदा हजाराैं यात्रु बिचबाटाेमा अलपत्र छन् । राजधानीसँग जाेडिएका सबै सडक अवरुद्ध छन् । जिल्ला जिल्लाका ग्रामिण सडक पनि सवारी चल्न सक्ने अवस्थाका छैनन् ।

प्रकाशित मिति : २०८१, १३ आश्विन आइतबार ००:००  ८ : ३१ बजे