२०८२, २० माघ सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो, अझै ५५ जना बेपत्ता



बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। आइतबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार मृतकको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी अझै ५५ जना बेपत्ता छन्। हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको र १०१ जना घाइते रहेका प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको जानकारी दिँदै प्रहरीले लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१, १३ आश्विन आइतबार ००:००  ४ : ३३ बजे