२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरिकाे चिठ्ठीले उडाउला त रुम्जाटारमा प्लेन ?

सिद्धिचरणका मेयरले पनि रुम्जाटारमा प्लेन उडाउन माग गर्दै भेटेका थिए मन्त्री



ओखलढुंगाका सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग माग गरेका छन् ।

अविरल वर्षाका कारण सबै सडकहरु भत्किएकाले रुम्जाटार विमानस्थलबाट काठमाडौं र विराटनगरमा उडान भर्न अनुराेध गर्दै चिठ्ठी लेखेका हुन् ।

खतिवडाले मन्त्रीलाई लेखेको हस्त लिखित पत्रमा वर्षापछिको विपद्का कारण यात्रामा असहजता उत्पन्न भएको परिस्थितीलाई मध्येनजर गर्दै तत्काल रुम्जाटारबाट दैनिक उडान भर्न माग गरिएको छ ।

मेयरले पनि भेटेका थिए मन्त्री

केही दिन अघि सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल पनि रुम्जाटारमा नियमित उडानको माग गर्दै केही दिन अघि मन्त्रालय पुगेका थिए । मेयर खनालले मन्त्री पाण्डेलाई रुम्जाटार विमानस्थल सञ्चालनको आवश्यकता दर्शाएका थिए ।

जवाफमा मन्त्री पाण्डेले रुम्जाटार विमानस्थल सञ्चालनका लागि आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

रुम्जाटार विमानस्थलमा लामो समयदेखि नियमित उडान भएको छैन ।

ओखलढुंगाका रुम्जाटार र चण्डेश्वरीमा दुई विमानस्थल छन् । तर दुवै ठप्प छन् ।

प्रकाशित मिति : २०८१, १३ आश्विन आइतबार ००:००  ९ : ०६ बजे