२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिवि पत्रकारिता विभागको शुभकामना आदान प्रदान तथा विदाई कार्यक्रम सम्पन्न



त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको आयोजनामा शुभकामना आदान प्रदान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा विभागमा अध्ययनरत चौथो सेमेस्टरका ५० भन्दा बढी विद्यार्थीको विदाई गर्दै दशैं दिपावलीलगायतका चावपर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रमका वत्ताहरुले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादशैं, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताए ।

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा उपप्राध्यापकहरु डा देवराज अर्याल, शशीनाथ मराशिनी, डा घमराज लुईँटेल तथा विज्ञापन बोर्डका अध्यक्षसमेत रहेका लेक्चरर लक्ष्मण हुमागाँईलगायतले शुभकामनासहितको मन्तब्य राखेका छन् ।

उक्त क्याम्पसका तेस्रो सेमेस्टरका विद्यार्थीसमेत रहेका कार्यक्रमका संयोजक बाबुराम आचार्यले पत्रकारिता बिषय इथिकिल हुने हुँदा त्रिभूवन विश्वविद्यालयको पत्रकारीता विभागलाई ईथिकल बनाईनुपर्ने विचार व्यक्त गरेका थिए ।

त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, १५ आश्विन मंगलबार ००:००  ४ : २२ बजे