२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीबी राईकी ‘प्रेमिका’ पक्राउ



जीबी राईकी प्रेमीका पक्राउ परेकी छिन् । सहकारी ठगीमा फरार रहेका जीबी राईकी प्रेमीकालाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा सहकारीको रकम उनको खातामा जम्मा भएको देखिएपछि अनुसन्धानमा तानिएकी ति महिला पछि जीबीकी प्रेमिका भएको खुलेको छ । प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले वयानका लागि पोखरा बोलाएको थियो ।

सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले वयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो । सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयानका लागि प्रहरीले पोखरा बोलाएको थियो । जिबीसँग प्रेममा रहेको र सोही सम्बन्धमा रहेर मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि प्रहरीले पक्राउ गरेर हिरासतमा हालेको हो ।

उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  ७ : ५० बजे