२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानद्धारा इसराइलमा ब्यालिस्टिक मिसाइल आक्रमण



इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ।

मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो।

समाचार संस्था रोयटर्सले मंगलबार इरानले इसराइलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूल भनेको छ।

मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन्।

इसराइलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इसराइली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ।

यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ। त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । समाचार सस्था सिएनएनले ७ जना मारिएको बताएपनि अन्य प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले एकजना प्यालेस्टिनी नागरिक मारिएको भनेको छ।

इरानले इसराइललको कब्जामा रहेको वेस्ट ब्यांक, इसराइलको मध्य र दक्षिणी भूभागमा लक्षित गरी आक्रमण गरेको बताइएको छ।

आक्रमणमा पहिरो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको ९० प्रतिशत मिसाइल लक्षित बिन्दुमा पुगेको इस्लामिक रिभोलुसनरी गार्डले जनाएको छ। आक्रण इसराइलको सैनिक किल्लाहरूमा लक्षित रहेको पनि बताएको छ।

इसराइलले अधिकांश मिसाइरहरू आफ्नो डिफेन्स सिस्टमले निष्क्रिय तुल्याएको बताएको छ।

इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानले ठूलो गल्ती गरेको भन्दै त्यसको सजाय भोग्न तयार हुन चेतावनी दिएको छ।

फ्रान्स, संयुक्त अधिराज्य र जर्मनीले इसराइलमा इरानी हमलाको निन्दा गरेको छ।

इरानको आक्रमणपछि उविरूद्ध कसरी प्रस्तुत हुने भन्नेबारे अमेरिकाले इसराइलसँग छलफल गरिहेको सिएनएनले उल्लेख गरेको छ।

यसअघि अप्रिलमा पनि इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको थियो। मंगलबारको आक्रण अप्रिलको भन्दा दोब्बर ठूलो आक्रमण रहेको अमेरिकी रक्षा विभागले भनेको छ।

आइआरजिसीका टप कमाण्डरलाई इसराइलले मारेको आरोप इरानको छ। गत हप्ता बेरूतामा पनि आइआरजिसीका कमाण्डर अब्बार निलफोरोसनलाई इसराइलले मारेको इरानको आरोप छ।

त्यस्तै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएको घटनामा पनि इरानले इसराइलको निन्दा गरेको थियो।

इसराइलमा इरानले आक्रणम गरेपछि मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा अझै बढेको छ। इसराइल गजामा हमाससँग, लेबननमा हिजबुल्लाहसँग यसअघि नै युद्धमा छ।

इसराइलमा आक्रमण गर्ने इरानको कदमलाई हमासले प्रशंसा गरेको छ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  ९ : ४७ बजे