२०८३, २४ जेष्ठ आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता



केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ। बाढीपहिराेमा परेर १९ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएका छन्।

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ। बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए।

बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार ००:००  ११ : २५ बजे